काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा १ सय रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला १ लाख ६० हजार १ सयमा कारोबार भएको सुन आजका लागि १ लाख ६० हजार निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ९ सय १० रूपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने १ हजार ९ सय ५ निर्धारण गरिएको छ ।

