काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ४ हजारले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ६८ हजार ५ सयमा कारोबार भएको सुन आजका लागि १ लाख ६४ हजार ५ सय निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन प्रतितोला २ हजार १५ रूपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने १ हजार ९ सय ६० निर्धारण गरिएको छ ।

