काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिददर १ सय ३४ रुपैयाँ ५६ पैसा र बिक्रीदर १ सय ३५ रुपैयाँ १६ पैसा, युरो एकको खरिददर १ सय ४४ रुपैयाँ २१ पैसा र बिक्रीदर १ सय ४४ रुपैयाँ ८६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ७३ रुपैयाँ २० पैसा र बिक्रीदर १ सय ७३ रुपैयाँ ९७ पैसा कायम गरिएको छ ।
केन्द्रीय बैंकका अनुसार स्वीस फ्रयाङ्क एकको खरिददर १ सय ५३ रुपैयाँ ४८ पैसा र बिक्रीदर १ सय ५४ रुपैयाँ १६ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ३३ पैसा र बिक्रीदर ८८ रुपैयाँ ७३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ७५ पैसा र बिक्रीदर ९७ रुपैयाँ १८ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर ८ रुपैयाँ ७३ पैसा र बिक्रीदर ८ रुपैयाँ ७७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १ सय रुपैयाँ ८७ पैसा र बिक्रीदर १ सय १ रुपैयाँ ३२ पैसा र चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७६ पैसा र बिक्रीदर १८ रुपैयाँ ८५ पैसा छ ।
साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९८ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८ पैसा कायम छ ।
थाई भाट एकको खरिददर ३ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३ रुपैयाँ ९५ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ५६ पैसा र बिक्रीदर ३० रुपैयाँ ६९ पैसा रहेको छ ।
साउथ कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ६१ पैसा र बिक्रीदर ९ रुपैयाँ ६६ पैसा रहेको छ ।
स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३८ पैसा र बिक्रीदर १२ रुपैयाँ ४४ पैसा, डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ३४ पैसा र बिक्रीदर १९ रुपैयाँ ४३ पैसा छ ।
हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ३१ पैसा र बिक्रीदर १७ रुपैयाँ ३८ पैसा कायम छ ।
आजका लागि कुवेती दिनार एकको खरिददर ४ सय ३८ रुपैयाँ २३ पैसा र बिक्रीदर ४ सय ४० रुपैयाँ १९ पैसा तथा बहराइन दिनार एकको खरिददर ३ सय ५६ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३ सय ५८ रुपैयाँ ५२ पैसा कायम भएको छ । खुला बजारमा विदेशी मुद्राको विनिमयदर फरक हुनसक्ने राष्ट्र बैंकले जनाएको छ ।

