काठमाडौं । सुनको मूल्यमा हरेक दिन नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आज तोलामा ४ सयले उकालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आइतबार प्रतितोला १ लाख ५८ हजार ८ सयमा कारोबार भएको आजका लागि १ लाख ५९ हजार २ सय निर्धारण भएको छ । शुक्रबारको तुलनामा छापावाला सुन आइतबार तोलामा नै १ हजार ७ सयले बृद्धि भएको थियो ।
यस्तै, चाँदीको मूल्य भने स्थिर छ । आइतबार प्रतितोला १ हजार ९ सय २० मा कारोबार भएको चाँदी आजका लागि पनि समान मूल्य निर्धारण गरिएको छ ।
![]()
