सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेर कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा ३ हजारले वृद्धि भएको हो ।

बिहीबार प्रतितोला १ लाख ५३ हजार ३ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने १ लाख ५६ हजार ३ सय निर्धारण भएको छ । यो हालसम्मकै उच्च बिन्दु हो ।

यस्तै, चाँदीको मूल्य प्रतितोला रु ६५ ले वृद्धि भएको छ । बिहीबार प्रतितोला १ हजार सात सय ९५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि १ हजार ८ सय ६० निर्धारण भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *