काठमाडौं । नेपाल राष्ट्र बैंकले आजकाे लागि विदेशी मुद्राकाे विनिमय दर सार्वजनिक गरेकाे छ । बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ८९ पैसा र बिक्रीदर १३४ रुपैयाँ ४९ पैसा कायम छ ।
त्यसैगरी शुक्रवार युरो एकको खरिददर १४७ रुपैयाँ ९१ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९८ पैसा तथा बेलायतको पाउण्ड स्ट्रलिङकाे मूल्य आज एकको खरिददर १७५ रुपैयाँ ८० पैसा र बिक्रीदर १७६ रुपैयाँ ५९ पैसा कायम छ ।
स्वीस फ्रयाङ्क एकको खरिददर १५७ रुपैयाँ ५० पैसा र बिक्रीदर १५८ रुपैयाँ २० पैसा कायम छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ५७ पैसा र बिक्रीदर ९० रुपैयाँ ९८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ २२ पैसा र बिक्रीदर ९९ रुपैयाँ ६७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रुपैयाँ ४७ पैसा र बिक्रीदर १०२ रुपैयाँ ९३ पैसा कायम छ ।
बैंकका अनुसार जापानी येन १० को खरिददर ९ रुपैयाँ १६ पैसा र बिक्रीदर ९ रुपैयाँ २० पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८८ पैसा र बिक्रीदर १८ रुपैयाँ ९७ पैसा कायम छ ।
त्यसैगरी साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८४ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९० पैसा, थाइ भाट एकको खरिददर ३ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३ रुपैयाँ ९६ पैसा, यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६२ पैसा कायम छ ।
केन्द्रीय बैंकका अनुसार मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ९९ पैसा र बिक्रीदर ३१ रुपैयाँ १३ पैसा, कोरियन वन १०० को खरिददर १० रुपैयाँ १ पैसा र बिक्रीदर १० रुपैयाँ ५ पैसा कायम छ । केन्द्रीय बैंकले खुला बजारमा भने मूल्य फरक पर्न सक्ने जनाएको छ ।
