नागढुंगामा पहिरो, सडक दुईतर्फी नै बन्द

काठमाडाैं । सडकमाथिबाट पहिरो खस्दा नागढुंगामा सवारी आवागमन दुईतर्फी अवरूद्ध भएको छ । बुधबार बिहान पौने ११ बजे चन्द्रागिरि नगरपालिका-२ नागढुंगास्थित चेकपोइन्टबाट टायलघरतर्फ २/३ सय मिटर पर पहिरो खस्दा सडक अवरूद्ध भएको हो ।

प्रहरी प्रभाग नागढुंगाका इन्स्पेक्टर हेम थपलियाले पानी परिरहेको र पहिरो खसिरहेकाले पन्छाउनका लागि समस्या भएको बताउनुभयाे । ‘ढिस्को खसेको छ । पानी परिरहेकाले पन्छाउन पनि समस्या भएको छ । सवारी आवागमन दुईतर्फी नै अवरूद्ध छ,’ उहाँले भन्नुभयाे ।

पहिरोले सडक अवरूद्ध भएकाले सवारी साधन नागढुंगाबाट अगाडि नै रोकिएको उहाँले बताउनुभयाे । पहिरो खस्न छाडेपछि पन्छाउन सुरू गरिने पनि थपलियाले जानकारी दिनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *