रौतहट । रौतहटको गौर नगरपालिका–९ सिरसियामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।
मंगलबार राति गौरबाट हजमिनियातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट बीआर २२ एच ६१५९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ७२ वर्षीय नारायण बैठाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि मोटरसाइकल चालक फरार भएका छन् । पर्साको वीरगन्ज घर भई हाल राजदेवी नगरपालिका–२ हजमिनियामा बस्दै आएका करिब २२ वर्षीय अमित भगतले मोटरसाइकल चलाएको प्रहरीले जनाएको छ ।
फरार रहेका भगतको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
