काठमाडौं । कपिलवस्तुको शिवराज नगरपालिका–१ स्थित चोरखोलामा गुडिरहेको बसमाथि ढुंगा खस्दा चार जना यात्रु घाइते भएका छन् ।
चितवनबाट बर्दियातर्फ जाँदै गरेको सु.प.प्र. ०१–००१ ख ३७७० नम्बरको बसमाथि आज बिहान करिब साढे १ बजे ढुंगा खसेको हो ।
घटनामा बर्दियाको गोरुवा गाउँपालिका–२ का ३७ वर्षीय द्वारिकाप्रसाद थारू, ३५ वर्षीय सुरेशलाल थारू, चितवनको भरतपुर महानगरपालिका–११ की २० वर्षीया सलिना सुनार र कञ्चनपुरको भीमदत्त नगरपालिका–१० की ४० वर्षीया भगवती कँडेल घाइते भएका छन् ।
घाइतेहरूको अवस्था र उपचारबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
