काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य थप घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार छापावाल सुनको मूल्य तोलामा ३ हजार ८०० रुपैयाँले घटेको हो ।
मूल्य घटेसँगै मंगलबार छापावाल सुन प्रतितोला २ लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार पनि सुनको मूल्य तोलामा ५ हजार रुपैयाँले घटेर २ लाख ९५ हजार ३०० रुपैयाँमा झरेको थियो ।
यससँगै लगातार दोस्रो दिन नेपाली बजारमा सुनको मूल्य घटेको हो ।
