काठमाडौं । सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले रिहा गरेको छ । आइतबार (असोज ११) दिउँसो प्रहरीले उहाँलाई छाडेको हो । उहाँलाई ‘सुरक्षित’ स्थानमा पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले जानकारी दिनुभयाे ।
तर, उहाँलाई कहाँ पठाइयो भन्ने बारे प्रहरीले विस्तृतमा खुलाएको छैन । आइतबारै बिहान करिब २ बजे काठमाडौंको महाराजगन्जस्थित निवासबाट प्रहरीले उहाँलाई नियन्त्रणमा लिएको थियो । उहाँ ११ घण्टाभन्दा बढी समय प्रहरीको नियन्त्रणमा हुनुहुन्थियाे ।
उहाँलाई पक्राउ गर्न उक्त कार्यालयको प्रहरी टोली पुगेको थियो । प्रहरीले उहाँलाई सुरक्षाका निम्ति कार्यालयमा ल्याइएको जनाएको थियो ।
कार्यालयका प्रमुख एवं एसएसपी सन्तोष खड्काले ‘डिस्कर्ड ग्रुप’मा जबराविरूद्ध विभिन्न अफवाह फैलिएको भन्दै सुरक्षाका निम्ति ल्याउनुपरेको जिकिर गरेका गर्नुभएकाे थियाे ।
