जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना

काठमाडौं । डोल्पाको जुफाल विमानस्थलमा सीता एयरको जहाज अवतरणका क्रममा दुर्घटनामा परेको छ ।
नेपालगञ्जबाट उडेको सीता एयरको ९एन–एजे जहाज बिहीबार बिहान ८:२५ बजे जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा रनवेबाट बाहिरिएको हो ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार जहाजको पछाडिको दाहिने चक्का रनवेबाहिर निस्किएको थियो । चक्का खुस्किएपछि जहाज केही पर उछिट्टिएको प्रहरीले जनाएको छ ।
पाइलटले तत्काल इन्जिन बन्द गरेपछि सम्भावित आगलागीबाट जहाज जोगिएको थियो। दुर्घटनामा मानवीय तथा अन्य क्षति नभएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *