काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले सञ्चालन गरेको स्वीप अपरेशनअन्तर्गत २४ घण्टाको अवधिमा १२१ जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार काठमाडौंका विभिन्न स्थानबाट पक्राउ पर्नेमा १०५ पुरुष, १५ महिला र १ जना अन्य गरी १२१ जना रहेका छन् ।
अपराध रोकथाम तथा नियन्त्रण गरी समाजमा शान्ति, सुव्यवस्था कायम गर्ने उद्देश्यले सञ्चालन गरिएको अपरेशनका क्रममा अवैध गतिविधिमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
