काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गर्दै देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने जनाएको छ ।
महाशाखाका अनुसार आज मंगलबार र भोलि बुधबार केही स्थानमा भारी वर्षाको सम्भावना छ भने बिहीबार धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।
आज दिउँसो कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै, आज राति कोसी र वाग्मती प्रदेशका पहाडी भू–भाग तथा मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
