भोटेकोशीको बाढीले गल्छीमा ४ घरमा क्षति, अन्य घर जोखिममा

धादिङको गल्छी गाउँपालिका–४ चिरौदीमा भोटेकोशी नदीमा आएको बाढीले चारवटा घरमा क्षति पुर्‍याएको छ।

आज बिहान नदीमा आएको बाढीका कारण चिरौदीका चार घर प्रभावित भएका हुन्। बाढीको बहाव बढ्दै गएसँगै आसपासका अन्य घरहरू समेत जोखिममा परेका छन्।

वडा नम्बर ४ का अध्यक्ष राजु अधिकारीका अनुसार बाढीबाट थप क्षति हुन सक्ने भएकाले स्थानीयबासीलाई सतर्क रहन आग्रह गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *