सुनकोशीमा जीप खस्यो, तीन जनाको मृत्यु, तीन बेपत्ता

काठमाडौं । सिन्धुलीको फिक्कल गाउँपालिका–६, नागथानमा यात्रुवाहक जिप सुनकोशी नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् भने तीन जना बेपत्ता भएका छन् ।

प्राप्त विवरणअनुसार, काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको जिप आइतबार बिहान करिब २:३० बजे मध्यपहाडी लोकमार्गबाट करिब २०० मिटर तल सुनकोशी नदीमा खसेको हो ।

दुर्घटनामा तीन महिलाको घटनास्थलमै मृत्यु भएको सिन्धुली प्रहरीले जनाएको छ । मृतकहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका चार जनाको अवस्था तथा बेपत्ता भएका तीन जनाको खोजीसम्बन्धी थप विवरण आउन बाँकी छ । दुर्घटनाको कारणबारे पनि विस्तृत जानकारी प्राप्त भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *