रसुवा बाढीपीडितका लागि नेकपाले २५ लाख सहयोग गर्ने

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि नेपाली कम्युनिष्ट पार्टीले प्रधानमन्त्री राहत कोषमा तत्काल रु. २५ लाख रुपैयाँ नगद सहयोग गर्ने निर्णय गरेको छ।

पार्टीले नगद सहयोगसँगै बाढी प्रभावित जिल्लामा आवश्यक राहत सामग्रीसमेत पठाउने निर्णय गरेको जनाएको छ।

पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले नगद तथा आवश्यक सामग्री सहयोग गर्न लागिएको हो।

बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि पार्टीले आवश्यक सहजीकरण र सहयोगलाई निरन्तरता दिने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *