संविधान संशोधन बहसपत्र : अधिवक्ताहरूसँग कानुनी जटिलतामा छलफल

काठमाडौँ । सरकारले संविधान संशोधनको गृहकार्यलाई थप तीव्रता दिँदै सोमबार वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरूसँग विशेष परामर्श बैठक गर्‍यो ।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा यो बैठक आयोजना गरेको हो ।

 

बैठकमा संविधान संशोधनका कानुनी तथा संवैधानिक जटिलता र आवश्यक परिमार्जनका विषयमा गहन छलफल भएको जानकारी कार्यदल स्रोतले दियो।

मन्त्रिपरिषद्को चैत १६ गतेको निर्णयबाट गठित यस कार्यदलले वैशाख १० गतेको आफ्नै बैठकको निर्णयअनुसार विभिन्न सरोकारवालासँगको परामर्श प्रक्रिया अघि बढाइरहेको छ ।

कार्यदलले सबै पक्षबाट सङ्कलित सुझावका आधारमा संविधान संशोधनसम्बन्धी ठोस बहसपत्र तयार गरी सरकारलाई बुझाउने तयारीमा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *