आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विनिमय दर अनुुसार आज अमेरिकी डलर, युके पाउण्ड, स्वीस फ्रयांक र क्यानेडियन डलरको भाउ बढेको छ । अष्ट्रेलियन डलरको भाउ भने हिजोको तुलनामा केही घटेको छ ।

आज अमेरिकी डलर एकको खरिददर १ सय ४८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १ सय ४९ रुपैयाँ ३१ पैसा तोकिएको छ । हिजो अमेरिकी डलर एकको खरिददर १ सय ४८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १ सय ४८ रुपैयाँ ९९ पैसा तोकिएको थियो ।

आज युरोपियन युरो एकको खरिददर १ सय ७५ रुपैयाँ आठ पैसा र बिक्रीदर १ सय ७५ रुपैयाँ ७८ पैसा छ । हिजो युरोपियन युरो एकको खरिददर १ सय ७४ रुपैयाँ ५६ पैसा र बिक्रीदर १ सय ७५ रुपैयाँ २६ पैसा थियो ।

आज युके पाउण्ड स्ट्रलिङको भाउ हिजोको तुलनामा केही बढेको छ । आज पाउण्ड एकको खरिददर २ सय १ रुपैयाँ ८ पैसा र बिक्रीदर २ सय १ रुपैयाँ ८९ पैसा छ । हिजो पाउण्ड स्टर्लिङ एकको खरिददर २ सय  रुपैयाँ ५७ पैसा र बिक्रीदर २ सय १ रुपैयाँ ३८ पैसा थियो ।

आज स्वीस फ्रयांकको पनि भाउ बढेको छ । आज स्वीस फ्रयांक एकको खरिददर १ सय ९० रुपैयाँ ३९ पैसा र बिक्रीदर १ सय ९१ रुपैयाँ १५ पैसा कायम गरिएको छ । हिजो स्विस फ्रयांक एकको खरिददर १ सय ८९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १ सय ९० रुपैयाँ ५६ पैसा कायम गरिएको थियो ।

आज अष्ट्रेलियन डलरको भाउ भने आज घटेको छ । आज अष्ट्रेलियन डलर एकको खरिददर १ सय ६ रुपैयाँ ४५ पैसा र बिक्रीदर १ सय ६ रुपैयाँ ८८ पैसा छ । हिजो अष्ट्रेलियन डलर एकको खरिददर १ सय ६ रुपैयाँ ३७ पैसा र बिक्रीदर १ सय ६ रुपैयाँ ८० पैसा थियो ।

क्यानेडियन डलरको भाउ भने आज बढेको छ । आज क्यानेडियन डलर एकको खरिददर १ सय ८ रुपैयाँ ६५ पैसा र बिक्रीदर १ सय ९ रुपैयाँ नौ पैसा छ । हिजो क्यानेडियन डलर एकको खरिददर १ सय ८ रुपैयाँ ३७ पैसा र बिक्रीदर १ सय ८ रुपैयाँ ८० पैसा थियो ।

आज सिंगापुर डलरको भाउ बढेको छ । आज सिंगापुर डलर एकको खरिददर १ सय १७ रुपैयाँ र बिक्रीदर १ सय १७ रुपैयाँ ४७ पैसा तोकिएको छ । हिजो सिंगापुर डलर एकको खरिददर १ सय १६ रुपैयाँ ८३ पैसा र बिक्रीदर १ सय १७ रुपैयाँ ३० पैसा तोकिएको थियो ।

अन्य विदेशी मुद्राको अवस्था यस्तो छ

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३६ पैसा र बिक्रीदर नौ रुपैयाँ ४० पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ८१ पैसा र बिक्रीदर २१ रुपैयाँ ९० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ८१ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ८० पैसा र बिक्रीदर ४० रुपैयाँ ९६ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६३ पैसा र बिक्रीदर चार रुपैयाँ ६५ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ ४९ पैसा र बिक्रीदर ४० रुपैयाँ ६५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७८ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ११ पैसा र बिक्रीदर १० रुपैयाँ १५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ २५ पैसा र बिक्रीदर १६ रुपैयाँ ३२ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ४३ पैसा र बिक्रीदर २३ रुपैयाँ ५२ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १९ रुपैयाँ सात पैसा, कुवेती दिनार एकको खरिददर ४ सय ८५ रुपैयाँ ४३ पैसा र बिक्रीदर ४ सय ८७ रुपैयाँ ३८ पैसा, बहराइन दिनार एकको खरिददर ३९४ रुपैयाँ ३० पैसा र बिक्रीदर ३ सय ९५ रुपैयाँ ८९ पैसा, ओमनी रियाल एकको खरिददर ३ सय ८६ रुपैयाँ २५ पैसा र बिक्रीदर ३ सय ८७ रुपैयाँ ८१ पैसा रहेको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १ सय ६० रुपैयाँ र बिक्रीदर १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *