यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १ सय ४४ रुपैयाँ १८ पैसा र बिक्रीदर १ सय ४४ रुपैयाँ ७८ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १ सय ६७ रुपैयाँ ९४ पैसा र बिक्रीदर १ सय ६८ रुपैयाँ ६४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ९३ रुपैयाँ ८८ पैसा र बिक्रीदर १ सय ९४ रुपैयाँ ६९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १ सय ७९ रुपैयाँ ९४ पैसा र बिक्रीदर १ सय ८० रुपैयाँ ६९ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ३१ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७१ पैसा, क्यानेडियन डलर एकको खरिददर १ सय ३ रुपैयाँ ८२ पैसा र बिक्रीदर १ सय ४ रुपैयाँ २५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १ सय ११ रुपैयाँ ९५ पैसा र बिक्रीदर १ सय १२ रुपैयाँ ४१ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ०८ पैसा र बिक्रीदर नौ रुपैयाँ १२ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ६८ पैसा र बिक्रीदर २० रुपैयाँ ७६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३८ रुपैयाँ ६० पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ६१ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५८ पैसा र बिक्रीदर चार रुपैयाँ ६० पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ २५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ४२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७७ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ७७ पैसा र बिक्रीदर ९ रुपैयाँ ८१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ६६ पैसा र बिक्रीदर १५ रुपैयाँ ७३ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ४८ पैसा र बिक्रीदर २२ रुपैयाँ ५७ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ४९ पैसा र बिक्रीदर १८ रुपैयाँ ५७ पैसा, कुवेती दिनार एकको खरिददर ४ सय ७१ रुपैयाँ ४८ पैसा र बिक्रीदर ४ सय ७३ रुपैयाँ ४५ पैसा, बहराइन दिनार एकको खरिददर ३ सय ८२ रुपैयाँ ४० पैसा र बिक्रीदर ३ सय ८४ रुपैयाँ, ओमनी रियाल एकको खरिददर ३ सय ७४ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३ सय ७५ रुपैयाँ ०७ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १ सय ६० रुपैयाँ र बिक्रीदर १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *