यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १ सय ४० रूपियाँ ६३ पैसा र बिक्रीदर १ सय ४१ रूपियाँ २३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १ सय ६३ रूपियाँ ५३ पैसा र बिक्रीदर १ सय ६४ रूपियाँ २३ पैसा रहनेछ ।

यस्तै, आज पाउन्ड स्ट्रलिङ एकको खरिददर १ सय ८७ रूपियाँ ८७ पैसा र बिक्रीदर १ सय ८८ रूपियाँ ६७ पैसा, स्विस फ्रयाङ्क एकको खरिददर १ सय ७५ रूपियाँ ७३ पैसा र बिक्रीदर १ सय ७६ रूपियाँ ४८ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९१ रूपियाँ ६८ पैसा र बिक्रीदर ९२ रूपियाँ ०७ पैसा, क्यानेडियन डलर एकको खरिददर १ सय रूपियाँ २० पैसा र बिक्रीदर १ सय रूपियाँ ६२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १ सय ८ रूपियाँ ५१ पैसा र बिक्रीदर १ सय ८ रूपियाँ ९७ पैसा निर्धारण गरिएको छ ।

यस्तै, जापानी येन १० को खरिददर नौ रूपियाँ २९ पैसा र बिक्रीदर नौ रूपियाँ ३३ पैसा तोकिएको छ । चिनियाँ युआन एकको खरिददर १९ रूपियाँ ७३ पैसा र बिक्रीदर १९ रूपियाँ ८२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपियाँ ५० पैसा र बिक्रीदर ३७ रूपियाँ ६६ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपियाँ ५८ पैसा र बिक्रीदर ३८ रूपियाँ ७५ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रूपियाँ ३२ पैसा र बिक्रीदर चार रूपियाँ ३४ पैसा, युएई दिराम एकको खरिददर ३८ रूपियाँ २९ पैसा र बिक्रीदर ३८ रूपियाँ ४५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रूपियाँ २३ पैसा र बिक्रीदर ३३ रूपियाँ ३७ पैसामा विनिमय हुनेछ ।

साउथ कोरियन वन १०० को खरिददर ९ रूपियाँ ८८ पैसा र बिक्रीदर ९ रूपियाँ ९३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रूपियाँ ८३ पैसा र बिक्रीदर १४ रूपियाँ ८९ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रूपियाँ ९० पैसा र बिक्रीदर २१ रूपियाँ ९९ पैसा तोकिएको छ ।

यस्तै, हङकङ डलर एकको खरिददर १८ रूपियाँ ०९ पैसा र बिक्रीदर १८ रूपियाँ १७ पैसा, कुवेती दिनार एकको खरिददर ४ सय ५८ रूपियाँ १६ पैसा र बिक्रीदर ४ सय ६० रूपियाँ १२ पैसा, बहराइन दिनार एकको खरिददर ३ सय ७३ रूपियाँ ०५ पैसा र बिक्रीदर ३ सय ७४ रूपियाँ ६४ पैसा रहेको छ ।

ओमनी रियाल एकको खरिददर ३ सय ६५ रूपियाँ २५ पैसा र बिक्रीदर ३ सय ६६ रूपियाँ ८१ पैसा रहेको छ । भारतीय रूपियाँ १०० को खरिददर १ सय ६० रूपियाँ र बिक्रीदर १ सय ६० रूपियाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *