यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १ सय ४० रुपैयाँ ८२ पैसा र बिक्रीदर १ सय ४१ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १ सय ६३ रुपैयाँ ८३ पैसा र बिक्रीदर १ सय ६४ रुपैयाँ ५३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १ सय ८६ रुपैयाँ १४ पैसा र बिक्रीदर १ सय ८६ रुपैयाँ ९३ पैसा, स्विस फ्रयाङ्क एकको खरिददर १ सय ७६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १ सय ७७ रुपैयाँ ४२ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ८४ पैसा र बिक्रीदर ९३ रुपैयाँ २४ पैसा, क्यानेडियन डलर एकको खरिददर १ सय रुपैयाँ ९८ पैसा र बिक्रीदर १ सय १ रुपैयाँ ४१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १ सय ८ रुपैयाँ ७२ पैसा र बिक्रीदर १ सय ९ रुपैयाँ १८ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ २४ पैसा र बिक्रीदर नौ रुपैयाँ २८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ८३ पैसा र बिक्रीदर १९ रुपैयाँ ९२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७१ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ८० पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ३६ पैसा र बिक्रीदर चार रुपैयाँ ३७ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३३ रुपैयाँ ७६ पैसा रहेको छ ।

साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ८९ पैसा र बिक्रीदर नौ रुपैयाँ ९४ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ०३ पैसा र बिक्रीदर १५ रुपैयाँ १० पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ९४ पैसा र बिक्रीदर २२ रुपैयाँ ०३ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ १२ पैसा र बिक्रीदर १८ रुपैयाँ २० पैसा, कुवेती दिनार एकको खरिददर ४ सय ५९ रुपैयाँ ०१ पैसा र बिक्रीदर ४ सय ६० रुपैयाँ ९७ पैसा, बहराइन दिनार एकको खरिददर ३ सय ७३ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३ सय ७५ रुपैयाँ १४ पैसा, ओमनी रियाल एकको खरिददर ३ सय ६५ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३ सय ६७ रुपैयाँ ३१ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १ सय ६० रुपैयाँ र बिक्रीदर १ सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *