डडेलधुरा कारागारबाट भागेका २६ कैदी नियन्त्रणमा

काठमाडौं । कारागारबाट भागेका २६ जना कैदीबन्दीहरू नियन्त्रणमा लिइएको छ । डडेलधुरास्थित जिल्ला कारागारबाट भागेका २६ जना कैदीबन्दीहरू नियन्त्रणमा लिइएको हाे । नेपाली सेनाले दिएको जानकारी अनुसार, बुधबार २६ जना कैदीलाई नियन्त्रणमा लिइएको हो ।

सोमबार र मंगलबार भएको जेनजीहरूको प्रदर्शनपछि देशभरका विभिन्न कारागारबाट कैदीबन्दीहरू भागिरहेका छन् ।

विभिन्न कारागारका कैदीहरूले आगजनी समेत गरिरहेका छन् ।

काठमाडौं डिल्लीबजारस्थित सदर कारागारबाट भाग्ने प्रयास गरेका कैदीबन्दीहरूलाई रोकिएको पनि सेनाले जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *