काठमाडौं । गंगा दाहालको घरमा एक जना व्यक्तिको जलेको अवस्थामा शव फेला परेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालको घरमा शव फेला परेको हाे ।
प्रदर्शनकारीहरूले मंगलबार ललितपुर महानगरपालिका–२६ स्थित सुनाकोठीमा रहेको दाहालको घरमा आगजनी गरेको थियो ।
जलेको अवस्थामा एक जना पुरुषको शव फेला परेको र उनको पहिचान हुन बाँकी रहेको ललितपुरका एसपी श्यामकृष्ण अधिकारीले बताउनुभयाे ।
