प्रथम एशियन मिक्स बक्सिङ्ग च्याम्पियनसिप आज जेठ १६ गतेदेखि बुढानिल्कण्ठमा

काठमाडौं। प्रथम एशियन मिक्स बक्सिङ्ग च्याम्पियनसिप गेम आज मिति २०८२ साल जेठ १६ गते बुडानिल्कण्ठमा सुरू भएको छ । कार्यक्रम बुढानीलकण्ठ नगरपालिकाका उपमेयरको प्रमुख आतिथ्य र सोही नगरपालिकाका वडाध्यक्ष तथा नगरपालिकास्तरीय खेलकुद विकास बोर्डका अध्यक्ष सुक्मान तामाङको अध्यक्षतामा उदघाटन शत्र समापन भयो ।

उक्त उदघाटन समारोह आफ्नो देश नेपाल र विभिन्न सहभागी खेलाडीहरूको देशको पनि राष्ट्रिय गान गाएर, विभिन्न अतिथिहरूको उपस्थितिमा नारायणथानमा बुढानीलकण्ठमा भयो ।

                                        खेल सुरू गर्न रेफ्री र अफिसरहरू

एशियन मिक्स बक्सिङ्ग च्याम्पियनसपिका अध्यक्ष श्री सुमन लामाका अनुसार नेपाल, भारत, श्रीलङ्का लगायतका ९ देशबाट सहभागीहरू हुनुहुन्छ । भोलि मिति २०८२ साल जेठ १७ गते दिउँसो समापन हुनेछ ।

अध्यक्ष श्री सुमन लामाले खेलप्रेमी सम्पूर्ण जनमानसलाई हार्दिक आमन्त्रण पनि गर्नुभएको छ, यो खेल जगतमा अन्तर्राष्ट्रिय स्तरमा मिक्स बक्सिङ्ग च्याम्पियनसपिले नेपालको सकारात्मक सन्देश लिएर जाने विश्वास गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *