काठमाडौं । नेपाली बजारमा सुनको मूल्य मंगलबार एकैदिन तोलामा ६ हजार ९ सय रुपैयाँ बढेर २ लाख रुपैयाँ नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ६ हजार ९ सय रुपैयाँले बढेर १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको हो ।
अघिल्लो दिन अर्थात् सोमबार सुनको मूल्य तोलामा १ लाख ९१ हजार रुपैयाँ कायम रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा देखिएको वृद्धि नेपाली बजारमा समेत देखिएको महासंघले जनाएको छ ।
महासंघका अनुसार मंगलबार कायम भएको मूल्य नेपाली बजारमा हालसम्मकै उच्च मूल्य हो ।
यसैबीच, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । सोमबार तोलामा १ हजार ९ सय ६० रुपैयाँ रहेको चाँदीको मूल्य मंगलबार १० रुपैयाँ बढेर १ हजार ९ सय ७० रुपैयाँ कायम भएको छ ।
![]()
