त्रिशूली नदीमा ट्रक खस्दा चालकको मृत्यु

चितवन । त्रिशूली नदीमा ट्रक खस्दा एक जनाको मृत्यु भएको छ ।

ट्रक चालक रौतहट सखुवाका ३५ वर्षीय रामनारायण यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार मंगलबार बिहान नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा प्र ०३–००१ ख ४८७४ नम्बरको कोइला बोकेको ट्रक अनियन्त्रित भइ भरतपुर महानगरपालिका–२९ स्थित चौध किलोमा त्रिशूली नदीमा खसेको हो ।

ट्रक त्रिशूलीमा खस्दा ट्रकका चालक र सहचालक घाइते भएका थिए । घाइतेमध्ये चालक यादवको भरतपुर अस्पतालमा उपचारका क्रममा बिहान ८ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रकका सहचालक रौतहटको गरुडा नगरपालिका–५ का १९ वर्षीय असुन्द्रकुमार यादव घाइते छन् । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *