कुलमान घिसिङलाई हटाएको विरोधमा काठमाडौंमा प्रदर्शन, ऊर्जामन्त्रीको पुत्ला दहन

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई पदमुक्ति गरिएको विरोधमा विद्यार्थीहरूले प्रदर्शन गरेका छन् । आज बिहान नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूले काठमाडौंको विश्वभाषा क्याम्पस प्रद्धशनीमार्गमा प्रदर्शन गर्दै घिसिङको पदमुक्तिको निर्णयको विरोध गरेका हुन् ।

प्रदर्शनकारीहरूले घिसिङमाथि गरिएको कारबाहीको विरोध गर्दै प्रदर्शनका क्रममा ऊर्जामन्त्री दीपक खड्काको पुत्ला दहनसमेत गरेका थिए । घिसिङको पदमुक्तिका कारण विभिन्न स्थानमा चौतर्फी विरोध भइरहेको छ, र यस विषयमा विद्यार्थीहरू, नागरिक समाजका सदस्यहरू र राजनीतिक दलहरूले तीव्र प्रतिक्रिया जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *