काठमाडौं । शहिद मान बहादुर स्मृति कप फुटबल प्रतियोगिताको उपाधि वडा नं १ ले जितेको छ ।
फर्पिङ खेलकुद मैदानमा बुधबार(आज) सम्पन्न फाइनल खेलमा वडा नं १ ले वडा नं ८ लाई हराउँदै उपाधी चुम्न सफल भएको हो ।
शहिद मान बहादुर स्मृति प्रतिष्ठानको आयोजना र दक्षिणकाली नगरपालिकाको सहकार्यमा आयोजित यो फुटबल प्रतियोगिताको विजेता टिम वडा नं १ ले १ लाख ५१ हजार एक सय ११ र उपविजेता वडा नं ८ टिमले ७५ हजार एक सय ११ नगदसहित ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गरेका छन् ।
