विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्ताे छ आजकाे विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज अमेरिकी डलरको खरिददर १ सय ३५ रुपैयाँ ३४ पैसा, बिक्रीदर १ सय ३६ रुपैयाँ १४ पैसा निर्धारण भएको छ ।

युरोपियन युरो एकको खरिददर १ सय ४२ रुपैयाँ १७ पैसा, बिक्रीदर १ सय ४२ रुपैयाँ ८० पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १ सय ७२ रुपैयाँ ५ पैसा र बिक्रीदर १ सय ७२ रुपैयाँ ८२ पैसा निर्धारण भएको छ ।

केन्द्रीय बैंकले स्वीस फ्रयाङ्क एकको खरिददर १ सय ५१ रुपैयाँ २० पैसा, बिक्रीदर १ सय ५१ रुपैयाँ ८७ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ९७ पैसा, बिक्रीदर ८६ रुपैयाँ ३५ पैसा निर्धारण भएको जनाएको छ ।

क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ९३ पैसा, बिक्रीदर ९५ रुपैयाँ ३५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १ सय रुपैयाँ ३५ पैसा, बिक्रीदर १ सय रुपैयाँ ८० पैसा, जापानी येन १० को खरिददर ८ रुपैयाँ ८१ पैसा, बिक्रीदर ८ रुपैयाँ ८५ पैसा तय भएको छ ।

साउदी रियाल एकको खरिददर ३६ रुपैयाँ ८ पैसा, बिक्रीदर ३६ रुपैयाँ २४ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ १८ पैसा, बिक्रीदर ३७ रुपैयाँ १४ पैसा तय भएको केन्द्रीय बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *