यस्तो छ शुक्रबारको विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज अमेरिकी डलरको खरिददर १ सय ३५ रुपैयाँ ४८ पैसा, बिक्रीदर १ सय ३६ रुपैयाँ ८ पैसा निर्धारण भएको छ ।

युरोपियन युरो एकको खरिददर १ सय ४२ रुपैयाँ २९ पैसा, बिक्रीदर १ सय ४२ रुपैयाँ ९२ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १ सय ७२ रुपैयाँ ६७ पैसा र बिक्रीदर १ सय ७३ रुपैयाँ ४३ पैसा निर्धारण भएको छ ।

केन्द्रीय बैंकले स्वीस फ्रयाङ्क एकको खरिददर १ सय ५२ रुपैयाँ ८९ पैसा, बिक्रीदर १ सय ५३ रुपैयाँ ५६ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ८० पैसा, बिक्रीदर ८७ रुपैयाँ १९ पैसा निर्धारण भएको जनाएको छ ।

क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ७७ पैसा, बिक्रीदर ९६ रुपैयाँ २० पैसा, सिङ्गापुर डलर एकको खरिददर १ सय रुपैयाँ ८० पैसा, बिक्रीदर १ सय १ रुपैयाँ २५ पैसा, जापानी येन १० को खरिददर ८ रुपैयाँ ९० पैसा, बिक्रीदर ८ रुपैयाँ ९४ पैसा तय भएको छ ।

साउदी रियाल एकको खरिददर ३६ रुपैयाँ ६ पैसा, बिक्रीदर ३६ रुपैयाँ २२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ १६ पैसा, बिक्रीदर ३७ रुपैयाँ ३३ पैसा तय भएको केन्द्रीय बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *