काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को बिहीबारको स्थायी कमिटी बैठकले पार्टी नेताहरूको कार्य विभाजन तथा संरचनामा फेरबदल गर्ने भएको छ ।
बिहीबार अपराह्न केन्द्रीय कार्यालयमा हुने बैठकमा अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा गठित कार्यदलले कार्यविभाजन भएका नेताको नामावली प्रस्तुत गर्नेछन् ।
सचिव सोमप्रसाद पाण्डेयका अनुसार विभागीय प्रमुख, जिल्ला इञ्चार्ज, आयोग तथा जनसङ्गठन इञ्चार्जलगायत पदमा दिइने जिम्मेवारीलाई बैठकले अनुमोदन गर्ने छ ।
बुधबारको बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदन पेस गर्नुभएकाे थियाे ।
