विदेशी मुद्रा विनिमय दर, आज कुनको मूल्य कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज अमेरिकी डलरको खरिददर १ सय ३५ रुपैयाँ २८ पैसा, बिक्रीदर १ सय ३५ रुपैयाँ ८८ पैसा निर्धारण भएको छ ।

युरोपियन युरो एकको खरिददर १ सय ४२ रुपैयाँ ३९ पैसा, बिक्रीदर १ सय ४३ रुपैयाँ २ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १ सय ७२ रुपैयाँ ७ पैसा र बिक्रीदर १ सय ७२ रुपैयाँ ८३ पैसा निर्धारण भएको छ ।

केन्द्रीय बैंकले स्वीस फ्रयाङ्क एकको खरिददर १ सय ५३ रुपैयाँ १ पैसा, बिक्रीदर १ सय ५३ रुपैयाँ ६९ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ७ पैसा, बिक्रीदर ८७ रुपैयाँ ४५ पैसा निर्धारण भएको जनाएको छ ।

क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ २३ पैसा, बिक्रीदर ९६ रुपैयाँ ६५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १ सय रुपैयाँ ६५ पैसा, बिक्रीदर १ सय १ रुपैयाँ २९ पैसा, जापानी येन १० को खरिददर ९ रुपैयाँ १ पैसा, बिक्रीदर ९ रुपैयाँ ५ पैसा तय भएको छ ।

साउदी रियाल एकको खरिददर ३६ रुपैयाँ, बिक्रीदर ३६ रुपैयाँ १६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ११ पैसा, बिक्रीदर ३७ रुपैयाँ २७ पैसा तय भएको केन्द्रीय बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *