विदेशी मुद्राको विनिमय दर: कुन देशको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज अमेरिकी डलरको खरिददर १ सय ३५ रुपैयाँ २० पैसा, बिक्रीदर १ सय ३५ रुपैयाँ ८० पैसा निर्धारण भएको छ ।

युरोपियन युरो एकको खरिददर १ सय ४२ रुपैयाँ २५ पैसा, बिक्रीदर १ सय ४२ रुपैयाँ ८८ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १ सय ७१ रुपैयाँ २२ पैसा र बिक्रीदर १ सय ७१ रुपैयाँ ९८ पैसा निर्धारण भएको छ ।

केन्द्रीय बैंकले स्वीस फ्रयाङ्क एकको खरिददर १ सय ५२ रुपैयाँ ८८ पैसा, बिक्रीदर १ सय ५३ रुपैयाँ ५६ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ७२ पैसा, बिक्रीदर ८८ रुपैयाँ ११ पैसा निर्धारण भएको जनाएको छ ।

क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ३१ पैसा, बिक्रीदर ९६ रुपैयाँ ७३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १ सय रुपैयाँ ५३ पैसा, बिक्रीदर १ सय रुपैयाँ ९८ पैसा, जापानी येन १० को खरिददर ९ रुपैयाँ २ पैसा, बिक्रीदर ९ रुपैयाँ ६ पैसा तय भएको छ । साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ९८ पैसा, बिक्रीदर ३६ रुपैयाँ १४ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ९ पैसा, बिक्रीदर ३७ रुपैयाँ २५ पैसा तय भएको केन्द्रीय बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *