काठमाडाैं । आइतबार भएको स्थानीय तह उपनिर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको छ ।
निर्वाचन आयोगका अनुसार उपनिर्वाचन २०८१ को अन्तिम परिणाम सार्वजनिक भएकाे हाे । यससँगै उपनिर्वाचन प्रक्रियाबाट ४४ वटै रिक्त पदको टुंगो लागेको छ ।
यस्ताे छ उपनिर्वाचन २०८१ को अन्तिम परिणाम;
काङ्ग्रेस: १ मेयर र १६ वडाध्यक्ष
माओवादी केन्द्र: १ अध्यक्ष, १ उपमेयर, २ उपाध्यक्ष र ७ वडाध्यक्ष
एमाले: १ अध्यक्ष, २ उपाध्यक्ष र ५ वडाध्यक्ष
जसपा: २ वडाध्यक्ष
एस,नेमकिपा, रास्वपा र स्वतन्त्र: १/१ वडाध्यक्ष
उप निर्वाचन २०८१ मा कस्कोमा कस्ले जिते ?
१.काठमाडौं : कीर्तिपुर नगरपालिका प्रमुख (०७९ मा कांग्रेसले जितेको )
काङ्ग्रेसको जित ✔️
२.जाजरकोट : नलगाढ नगरपालिका उपप्रमुख (०७९ मा कांग्रेसले जितेको )
माओवादीको जित ✔️
३.दैलेख : महाबु गाउँपालिका अध्यक्ष (०७९ मा कांग्रेसले जितेको )
एमालेको जित ✔️
४.बाजुरा : स्वामीकार्तिक खापर गाउँपालिका अध्यक्ष (०७९ मा कांग्रेसले जितेको )
एमालेको जित ✔️
५.मोरङ : ग्रामथान गाउँपालिका अध्यक्ष (०७९ मा कांग्रेसले जितेको )
माओवादीको जित ✔️
६.दोलखा : गौरीशंकर गाउँपालिका उपाध्यक्ष (०७९ मा कांग्रेसले जितेको )
एमालेको जित ✔️
७.रुकुमपूर्व : पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष (०७९ मा माओवादीले जितेको )
माओवादीको जित ✔️
८.हुम्ला : सुर्केगाढ गाउँपालिका उपाध्यक्ष (०७९ मा माओवादीले जितेको )
माओवादीको जित ✔️
वडाध्यक्षहरू
१.ताप्लेजुङ : सिरिजंगा गाउँपालिका वडा नम्बर ३ (०७९ मा कांग्रेसले जितेको )
एमालेको जित ✔️
२.झापा : कन्काई नगरपालिका वडा नं ६ (०७९ मा एमालेले जितेको )
स्वतन्त्रको जित ✔️
३.तेह्रथुम : लालीगुराँस नगरपालिका वडा नं ८ (०७९ मा कांग्रेसले जितेको )
काङ्ग्रेसको जित ✔️
४.सुनसरी : गढी गाउँपालिका वडा नम्बर ६ (०७९ मा एमालेले जितेको )
काङ्ग्रेसको जित ✔️
५.ओखलढुंगा : मोलुङ गाउँपालिका वडा नम्बर ५ (०७९ मा काङ्ग्रेसले जितेको )
एमालेको जित ✔️
६.उदयपुर : त्रियुगा नगरपालिका वडा नम्बर १२ (०७९ मा कांग्रेसले जितेको )
माओवादीको जित ✔️
७.उदयपुर : बेलका नगरपालिका पालिका वडा नम्बर ९ (०७९ मा कांग्रेसले जितेको )
माओवादीको जित ✔️
८.सप्तरी : डाक्नेश्वरी नगरपालिका पालिका वडा नम्बर १ (०७९ मा कांग्रेसले जितेको )
जसपाको जित ✔️
९.सप्तरी : डाक्नेश्वरी नगरपालिका पालिका वडा नम्बर ४ (०७९ मा कांग्रेसले जितेको )
जसपा नेपालको जित ✔️
१०.धनुषा : धनुषाधाम नगरपालिका पालिका वडा नम्बर १ (०७९ मा कांग्रेसले जितेको )
माओवादीको जित ✔️
११.महोत्तरी : रामगोपालपुर नगरपालिका वडा नम्बर २ (०७९ मा माओवादीले जितेको )
एमालेको जित ✔️
१२.रौतहट : ईशनाथ नगरपालिका वडा नम्बर ७ (०७९ मा एमालेले जितेको )
काङ्ग्रेसको जित ✔️
१३.रौतहट : गढीमाई नगरपालिका वडा नम्बर ८ (०७९ मा जसपाले जितेको )
समाजबादीको जित ✔️
१४.रौतहट : राजपुर नगरपालिका वडानम्बर ६ (०७९ मा कांग्रेसले जितेको )
काङ्ग्रेसको जित ✔️
१५.नुवाकोट : ककनी गाउँपालिका वडा नम्बर २ (०७९ मा कांग्रेसले जितेको )
माओवादीको जित ✔️
१६.काठमाडौं : काठमाडौं महानगरपालिका वडा नम्बर १६ (०७९ मा कांग्रेसले जितेको )
रास्वपाको जित ✔️
१७.काठमाडौं : कीर्तिपुर नगरपालिका वडा नम्बर १ (०७९ मा कांग्रेसले जितेको )
काङ्ग्रेसको जित ✔️
१८.काठमाडौं : कीर्तिपुर नगरपालिका वडा नम्बर ४ (०७९ मा स्वतन्त्रले जितेको )
काङ्ग्रेसको जित ✔️
१९.मकवानपुर : हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ (०७९ मा माओवादीले जितेको )
काङ्ग्रेसको जित ✔️
२०.गोरखा : गोरखा नगरपालिका वडा नम्बर १२ (०७९ मा एमालेले जितेको )
माओवादीको जित ✔️
२१.गुल्मी : मुसीकोट नगरपालिका वडा नम्बर १ (०७९ मा कांग्रेसले जितेको )
काङ्ग्रेसको जित ✔️
२२.कपिलवस्तु : शुद्धोधन गाउँ पालिका वडा नम्बर १ (०७९ मा कांग्रेसले जितेको )
एमालेको जित ✔️
२३.रुकुमपूर्व : पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर २ (माओवादीको निर्विरोध जीत) ✔️
२४.रुकुम पश्चिम : सानीभेरी गाउँपालिका वडा नम्बर ५ (०७९ मा कांग्रेसले जितेको )
काङ्ग्रेसको जित ✔️
२५.रोल्पा : रून्टीगढी गाउँपालिका वडा नम्बर ४ (०७९ मा कांग्रेसले जितेको )
काङ्ग्रेस को जित ✔️
२६.बर्दिया : ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ (०७९ मा कांग्रेसले जितेको )
काङ्ग्रेसको जित ✔️
२७.जाजरकोट : कुसे गाउँपालिका वडा नम्बर ७ (०७९ मा माओवादीले जितेको )
काङ्ग्रेसको जित ✔️
२८.दैलेख : दुल्लु नगरपालिका वडा नम्बत्रर १३ (०७९ मा एमालेले जितेको )
एमालेको जित ✔️
२९.बझाङ : सूर्मा गाउँपालिका वडा नम्बर ४ (०७९ मा एमालेले जितेको )
काङ्ग्रेसको जित ✔️
३०.डोटी : पूर्वीचोकी गाउँपालिका वडा नम्बर ६ (०७९ मा कांग्रेसले जितेको )
काङ्ग्रेसको जित ✔️
३१.कालीकोट : तिलागुफा नगरपालिका वडा नम्बर ४ (०७९ मा माओवादीले जितेको )
नेमकिपाको जित ✔️
३२.डोल्पा : त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर ५ (०७९ मा एमालेले जितेको )
माओवादीको जित ✔️
३३.दार्चुला : दुहु गाउँपालिका वडा नम्बर ५ (०७९ मा माओवादीले जितेको )
काङ्ग्रेसको जित ✔️
३४.कञ्चनपुर : भीमदत्त नगरपालिका वडा नम्बर ६ (०७९ मा कांग्रेसले जितेको )
काङ्ग्रेसको जित ✔️
आयोगका अनुसार नगरपालिकाका प्रमुख एक जना, उपप्रमुख एक जना, गाउँपालिकाका अध्यक्ष दुई जना, उपाध्यक्ष चार जना तथा वडाध्यक्ष ३३ जना गरी जम्मा ४१ पदका लागि भएको उपनिर्वाचनमा राजनीतिक दलका दुई सय ७४ जना र स्वतन्त्र एक सय दुई जना गरी जम्मा तीन सय ७६ उम्मेदवार थिए ।
