उपनिर्वाचन: आज मध्यरातबाट मौन अवधि सुरू

काठमाडौं । आयोगका अनुसार यहि मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचन अन्तर्गत प्रचारप्रसारका लागि तोकेको समय आज सकिँदै छ । आज राति १२ बजेदेखि मौन अवधि सुरू हुनेछ ।

मतदान सुरू हुनुभन्दा ४८ घण्टाअघिबाट निषेधित अवधि सुरू हुने व्यवस्था छ । निषेधित अवधिमा कुनै पनि उम्मेदवार वा अन्य व्यक्तिले निर्वाचनको प्रचारप्रसार गर्न पाउँदैन ।

मतदानका लागि १६२ मतदान स्थल र २९३ मतदान केन्द्र कायम गरिएको छ । निर्वाचनमा २ लाख २६ हजार ७९९ मतदाता छन् ।

जिल्ला समन्वय समिति प्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख र वडा अध्यक्ष तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षका रिक्त ४४ पदमा राजनीतिक दलबाट २८९ जना र १२१ जना स्वतन्त्र उम्मेदवार गरी जम्मा ४१० जनाको मनोनयन पत्र दर्ता भएकोमा ३१ जनाले उम्मेदवारी फिर्ता लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *