धनकुटामा एमाले र कांग्रेसको राजनीतिक संयन्त्र गठन

सन्तोष रूचाल, धनकुटा । धनकुटामा सत्ता साझेदार ठूला दल नेपाली काग्रेस र नेकपा एमालेको दुई दलीय राजनीतिक संयन्त्र गठन भएको छ । नेकपा एमाले धनकुटाको श्रीवानीस्थित पार्टी कार्यालयमा बसेको दुई दलका पदाधिकारीहरूको बैठकले राजनीतिक संयन्त्र गठन गरेको हो ।
दुई दलिय राजनीतिक संयन्त्रको बैठकले पूर्व मन्त्री नेकपा एमालेका केन्द्रीय सदस्य एवम् धनकुटा इन्चार्ज राजेन्द्रकुमार राईको संयोजकत्वमा ६ सदस्यीय राजनीतिक संयन्त्र गठन गरेको हो । उक्त संयन्त्रमा काग्रेस र एमालेबाट तीन/तीन जना सहभागी हुनुभएको छ ।

संयन्त्रको सदस्यमा नेपाली काग्रेसबाट जिल्ला सभापति दिनेश राई, उपसभापति सुनिल डंगोल र सचिव बिजयसन्तोषी राई रहनुभएको छ । त्यस्तै नेकपा एमालेबाट केन्द्रीय सदस्य राईसँगै पार्टीका जिल्ला अध्यक्ष शिव आङ्ला र सचिव पर्शुराम नेपाल संयन्त्रमा सहभागी रहनुभएको छ  ।
संयन्त्र निर्माण भएसँगै बसेको संयन्त्रको पहिलो बैठकले संघीय सरकारमा जस्तै स्थानीय सरकार सञ्चालनमा पनि समझदारीपूर्ण वातावरण निर्माण गरेर काम गर्ने, महत्वपूर्ण विषयहरूमा साझा धारणा निर्माण गरेर अघि बढ्ने लगायतका निर्णय भएको संयन्त्रका सदस्य एवम् एमालेका जिल्ला सचिव पर्शुराम नेपालले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *