धनकुटाको सहिदभूमिमा दुई दिन स्थानीय बिदा

सन्तोष रूचाल, धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले दुई दिन स्थानीय विदा दिने भएको छ । गत कात्तिक १३ गतेको कार्यपालिका बैठकको निर्णय अनुसार दुई दिन स्थानीय विदा दिईएको हो ।
सहिदभूमि गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नविन कार्कीले सुचना जारी गर्दै मंसिर ९ र १० गते स्थानीय विदा दिइएको जनाएको छ । आँखिसल्ला, खोकु र छिन्ताङमा बसोबास गर्दै आएका स्थानीय राई समुदायले विषेश रूपमा मनाउने मौलिक पर्व वाढाङ्मीको अवसरमा स्थानीय दुई दिन विदा दिईएको जनाएको छ ।
राई जातिको बाहुल्यता रहेको सहिदभूमि गाउँपालिकामा स्थानीय राई जातिले मौलिक पर्वको रूपमा हरेक वर्ष वाढाङ्मी मनाउँदै आएका छन् । लामो समयदेखि खाल्सा क्षेत्रमा बसोबास गर्दै आएका राई समुदायले मनाउँदै आएको वाढाङ्मी पर्वको अवसरमा दिईएको स्थानीय विदाका कारण मंसिर ९ र १० गते सहिदभूमिमा दुई दिन स्थानीय विदा दिइएको सुचनामा जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *