काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज अमेरिकी डलरको खरिददर १ सय ३४ रुपैयाँ ७४ पैसा, बिक्रीदर १ सय ३५ रुपैयाँ ३४ पैसा निर्धारण भएको छ ।
युरोपियन युरो एकको खरिददर १ सय ४२ रुपैयाँ ४ पैसा, बिक्रीदर १ सय ४२ रुपैयाँ ६७ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १ सय ७० रुपैयाँ ४ पैसा र बिक्रीदर १ सय ७० रुपैयाँ ८० पैसा निर्धारण भएको छ ।
केन्द्रीय बैंकले स्वीस फ्रयाङ्क एकको खरिददर १ सय ५१ रुपैयाँ ७३ पैसा, बिक्रीदर १ सय ५२ रुपैयाँ ४० पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ७ पैसा, बिक्रीदर ८७ रुपैयाँ ४६ पैसा निर्धारण भएको जनाएको छ ।
क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ६२ पैसा, बिक्रीदर ९६ रुपैयाँ ५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १ सय रुपैयाँ ३५ पैसा, बिक्रीदर १ सय रुपैयाँ ७९ पैसा, जापानी येन १० को खरिददर ८ रुपैयाँ ७३ पैसा, बिक्रीदर ८ रुपैयाँ ७७ पैसा तय भएको छ ।
चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६३ पैसा, बिक्रीदर १८ रुपैयाँ ७१ पैसा, साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ९१ पैसा, बिक्रीदर ३६ रुपैयाँ ७ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९६ पैसा, बिक्रीदर ३७ रुपैयाँ १३ पैसा तय भएको केन्द्रीय बैंकले जनाएको छ ।
यस्तै, थाई भाट एकको खरिददर ३ रुपैयाँ ८७ पैसा, बिक्रीदर तीन रुपैयाँ ८९ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ६८ पैसा, बिक्रीदर ३६ रुपैयाँ ८५ पैसा निर्धारण भएको छ ।
मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ १४ पैसा, बिक्रीदर ३० रुपैयाँ २७ पैसा, दक्षिण कोरियाली वन १०० को खरिददर नौ रुपैयाँ ६६ पैसा र बिक्रीदर नौ रुपैयाँ ७० पैसा निर्धारण भएको छ ।
स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २७ पैसा, बिक्रीदर १२ रुपैयाँ ३३ पैसा, डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ४ पैसा र बिक्रीदर १९ रुपैयाँ १३ पैसा, हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ३१ पैसा र बिक्रीदर १७ रुपैयाँ ३८ पैसा तय गरेको छ ।
यस्तै, कुवेती दिनार एकको खरिददर ४ सय ३८ रुपैयाँ १ पैसा र बिक्रीदर ४ सय ३९ रुपैयाँ ९६ पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

