ओखलढुंगा काठमाडौं सम्पर्क समितिको एकता भेला सम्पन्न

काठमाडौं । ओखलढुंगा काठमाडौं सम्पर्क समितिको एकता भेला तथा शुभकामना कार्यक्रम काठमाडौंको पेरिसडाँडामा सम्पन्न भएको छ ।

समितिका संयोजक विष्णु गिरीको सभापतित्व तथा यसोदा सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ओखलढुंगाबाट काठमाडौंमा बसोबास गर्दै आएका विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो ।

उपस्थित रहेका अन्य अतिथिहरू पनि आ-आफ्नो मन्तव्य राख्दै एकता भेलाको सफलताको शुभकामना दिएका थिए । कार्यक्रममा आपसी एकता, सहकार्य तथा संगठनलाई थप मजबुत बनाउने विषयमा छलफल भएको थियो । सहभागीहरूले आगामी दिनमा ओखलढुंगावासीबीचको सम्बन्धलाई थप सुदृढ गर्दै सामाजिक तथा रचनात्मक गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

सो अवसरमा सहभागीहरूबीच शुभकामना आदान–प्रदानसमेत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *