बल्खुमा युवकलाई खुकुरी प्रहार गर्ने ४ जना पक्राउ

काठमाडौं । काठमाडौंको बल्खुमा ३४ वर्षीय सुमन लामामाथि खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । असोज ५ गते राति बर्नहाट कलेजपछाडिको गल्लीमा लामामाथि खुकुरी प्रहार भएको थियो ।

घटनापछि अनुसन्धानमा जुटेको प्रहरीले असोज ९ गते विभिन्न स्थानबाट घटनामा संलग्न सन्तोष तामाङ, सोमबहादुर तामाङ, सुवास भन्ने सुनिल तामाङ र धीरज भन्नुभयाे बलराम यादवलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूको साथबाट घटनामा प्रयोग भएको खुकुरी, फलामको दाप तथा घटनाका बेला लगाएका कपडासमेत बरामद गरेको जनाएको छ । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *