कांग्रेस वडा अधिवेशनमै कुटाकुट, एक जना प्रहरी नियन्त्रणमा

विराटनगर । नेपाली कांग्रेसको वडा अधिवेशनका क्रममा विराटनगरमा दुई पक्षबीच कुटाकुट भएको छ ।

विराटनगर महानगरपालिका–६ को वडा अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान भइरहेका बेला शुक्रबार दिउँसो विवाद उत्पन्न भएको हो । विवादले उग्र रूप लिएपछि दुई पक्षबीच हात हालाहाल भएको प्रहरीले जनाएको छ ।

केसलियास्थित भलबद्र सेवा समितिको सभाहलमा मतदान चलिरहेका बेला विवाद भएको थियो । घटनापछि प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

मोरङ प्रहरी प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार अधिवेशनका क्रममा दुई पक्षबीच विवाद भएको थियो । घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *