कोशी ब्यारेजको ३३ वटा ढोका खोलियो

काठमाडौं । अविरल वर्षासँगै कोशीमा पानीको सतह बढेको छ । पानीको सतह बढेपछि कोशी ब्यारेजको ३३ वटा ढोका खोलिएको छ । कोशी ब्यारेजमा ५६ वटा ढोका छन् । तीमध्ये ३३ ढोका खोलिएको गृह मन्त्रालयकी सूचना अधिकारी रमा आचार्यले जानकारी दिनुभयाे ।

अहिले कोशी ब्यारेजमा २ लाख ५६ हजार क्युसेक बाढी मापन भएको छ । अघिल्लो वर्ष कोशीमा ५ लाख क्युसेक मापन भएको थियो । पानीको सतह बढे पनि कोशीमा अहिलेसम्म जोखिम नरहेको मन्त्रालयकी उपसचिव आचार्यले बताउनुभयाे । तर, स्थानीय प्रशासनले जोखिम बढ्न सक्ने आकलन गरेर सो क्षेत्रमा आवश्यक सतर्कता अपनाएको छ ।

जोखिम बढेमा थप ढोकाहरू खोलिने स्थानीय प्रशासनको तयारी छ । कोशी पुल भएर चल्ने सवारी साधन रोकिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *