वंशीघाटमा बढ्यो बागमतीको जलसतह, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । काठमाडौंको टेकुस्थित वंशीघाट क्षेत्रमा बागमती नदीको पानीको सतह बढेको छ । बिहीबारदेखि निरन्तर भइरहेको वर्षाका कारण नदीमा पानीको बहाव बढ्दै गएको हो ।
मौसम पूर्वानुमानअनुसार असोज ११ गतेसम्म भारी वर्षा हुने सम्भावना रहेकाले सरकारले सम्भावित जोखिमलाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
सरकारले अत्यावश्यक कामबाहेक यात्रा नगर्न, डुबानको जोखिम रहेका क्षेत्रमा नबस्न तथा आवश्यक पूर्वतयारी गर्न सर्वसाधारणलाई अपिल गरेको छ ।
सम्भावित विपद्को जोखिम न्यूनीकरणका लागि पूर्वतयारी भइरहेको जनाउँदै सरकारले त्रासमा नबस्न, तर जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *