पहिरोले कान्ति लोकपथ अवरूद्ध

मकवानपुर । लगातारको वर्षासँगै कान्ति लोकपथका विभिन्न स्थानमा पहिरो खस्दा हेटौँडाबाट उक्त मार्गमा सञ्चालन हुने यातायात सेवा प्रभावित भएको छ ।

कान्ति लोकपथअन्तर्गत ललितपुरतर्फ विभिन्न तीन स्थानमा पहिरो खसेकाले उक्त सडक अवरूद्ध भएको मकवानपुरका प्रहरी प्रमुख श्यामबहादुर खत्रीले जानकारी दिनुभयाे ।

यसैबीच, कुलेखानी जलविद्युत् आयोजनाको जलाशयमा पानीको सतह सामान्य रहेको उहाँले जानकारी दिनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *