पहिरोले बीपी राजमार्ग अवरूद्ध

काभ्रे । अविरल वर्षाका कारण पहिरो जाँदा बीपी राजमार्ग अवरूद्ध भएको छ । शुक्रबार बिहान ४:३० बजे बीपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका–७ स्थित चारसयबेँसी र रोशी–८ गिम्दीमा पहिरो खस्दा सडक अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसैबीच, जल तथा मौसम विभागको प्रक्षेपणलाई मध्यनजर गर्दै बिहीबारदेखि रातको समयमा बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक सडकखण्डलाई बन्द गराइएको छ ।

जिल्ला प्रशासन कार्यालयले बाढीपहिरोको अवस्था हेरी दिउँसो पनि बन्द गर्नसक्ने जनाएको छ भने हाललाई आइतबारसम्म रातको समयमा सवारी आवागमनमा रोक लगाएको हो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *