बाढीले बगाउँदा नवलपुरमा एक जनाको मृत्यु

पोखरा । नवलपुरमा बाढीले बगाउँदा एकजनाको मृत्यु भएको छ । हुप्सेकोट गाउँपालिका ४ झ्यालबास स्थित ढोङढोङे खोल्सामा आएको बाढीले बगाएर ५५ वर्षीय कृष्णबहादुर झेंडी मगरको ज्यान गएको हो ।

बिहीबार राति घरनजिकै रहेको खोल्सामा काठको मुडा हटाउन गएका मगर लामो समयसम्म घर नफर्किएपछि परिवारले खोजी गरेका थिए । खोजी गर्ने क्रममा उनलाई हुप्सेकोट ४ स्थित गिरुवारी खोलाको किनारमा मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।

खोल्सामा आएको बाढीले बगाएर उनको मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *