आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १ सय ५१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १ सय ५२ रुपैयाँ १६ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १ सय ७८ रुपैयाँ १६ पैसा र बिक्रीदर १ सय ७८ रुपैयाँ ८६ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २ सय ६ रुपैयाँ ३९ पैसा र बिक्रीदर २ सय ७ रुपैयाँ २१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १ सय ९४ रुपैयाँ २८ पैसा र बिक्रीदर १ सय ९५ रुपैयाँ ०५ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १ सय ९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १ सय ९ रुपैयाँ ५२ पैसा, क्यानेडियन डलर एकको खरिददर १ सय ११ रुपैयाँ ७४ पैसा र बिक्रीदर १ सय ११ रुपैयाँ १८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १ सय १९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १ सय १९ रुपैयाँ ५७ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ६८ पैसा र बिक्रीदर नौ रुपैयाँ ७२ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ २० पैसा र बिक्रीदर २२ रुपैयाँ २८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ४१ पैसा र बिक्रीदर ४० रुपैयाँ ५७ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ५९ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७६ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६६ पैसा र बिक्रीदर चार रुपैयाँ ६७ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ २६ पैसा र बिक्रीदर ४१ रुपैयाँ ४३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३८ रुपैयाँ १८ पैसा र बिक्रीदर ३८ रुपैयाँ ३३ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ २९ पैसा र बिक्रीदर १० रुपैयाँ ३३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ४२ पैसा र बिक्रीदर १६ रुपैयाँ ४८ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ८४ पैसा र बिक्रीदर २३ रुपैयाँ ९४ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ३४ पैसा र बिक्रीदर १९ रुपैयाँ ४२ पैसा, कुवेती दिनार एकको खरिददर ४ सय ९४ रुपैयाँ ०८ पैसा र बिक्रीदर ४ सय ९६ रुपैयाँ ०४ पैसा, बहराइन दिनार एकको खरिददर ४ सय १ रुपैयाँ ३५ पैसा र बिक्रीदर ४ सय २ रुपैयाँ ९४ पैसा, ओमनी रियाल एकको खरिददर ३ सय ९३ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३ सय ९५ रुपैयाँ २० पैसा रहेको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १ सय ६० रुपैयाँ र बिक्रीदर १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *