काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर, युरो र पाउण्ड स्टर्लिङ्गको मूल्य बढेको छ । स्वीस फ्रयाङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर र सिंगापुर डलरको मूल्य पनि आज बढेको छ ।
आज अमेरिकी डलर एकको खरिददर १ सय ५१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १ सय ५२ रुपैयाँ १६ पैसा तोकिएको छ । हिजो अमेरिकी डलर एकको खरिददर १ सय ५१ रुपैयाँ ४६ पैसा र बिक्रीदर १ सय ५२ रुपैयाँ ६ पैसा तोकिएको थियो ।
आज युरोपियन युरो एकको खरिददर १ सय ७७ रुपैयाँ ५८ पैसा र बिक्रीदर १ सय ७८ रुपैयाँ २८पैसा छ । हिजो युरोपियन युरो एकको खरिददर १ सय ७७ रुपैयाँ २९ पैसा र बिक्रीदर १ सय ७७ रुपैयाँ ९९ पैसा थियो ।
आज युके पाउण्ड स्टर्लिङ्ग एकको खरिददर २ सय ५ रुपैयाँ १० पैसा र बिक्रीदर २ सय ५ रुपैयाँ ९१ पैसा छ । हिजो युके पाउण्ड स्टर्लिङ्ग एकको खरिददर २ सय ४ रुपैयाँ ६० पैसा र बिक्रीदर २ सय ५ रुपैयाँ ४१ पैसा थियो ।
आज स्वीस फ्रयाङ्कको पनि मूल्य बढेको छ । आज स्वीस फ्रयाङ्क एकको खरिददर १ सय ९३ रुपैयाँ ६ पैसा र बिक्रीदर १ सय ९३ रुपैयाँ ८२ पैसा छ । हिजो स्वीस फ्रयाङ्क एकको खरिददर १ सय ९१ रुपैयाँ ९२ पैसा र बिक्रीदर १ सय ९२ रुपैयाँ ६८ पैसा थियो ।
आज अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ६० पैसा र बिक्रीदर १०९ रुपैयाँ ३ पैसा छ । हिजो अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ४१ पैसा र बिक्रीदर १०८ रुपैयाँ ८४ पैसा थियो ।
क्यानेडियन डलरको मूल्य पनि आज बढेको छ । नेपाल राष्ट्र बैंकले आज क्यानेडियन एकको खरिददर १ सय १० रुपैयाँ ७२ पैसा र बिक्रीदर १ सय ११ रुपैयाँ १५ पैसा तोकेको छ । हिजो क्यानेडियन डलर एकको खरिददर १ सय १० रुपैयाँ ७२ पैसा र बिक्रीदर १ सय ११ रुपैयाँ १५ पैसा थियो ।
यसैगरी आज सिङ्गापुर डलर एकको खरिददर १ सय १८ रुपैयाँ ८६ पैसा र बिक्रीदर १ सय १९ रुपैयाँ ३३ पैसा तोकिएको छ । हिजो सिङ्गापुर डलर एकको खरिददर १ सय १८ रुपैयाँ ५६ पैसा र बिक्रीदर १ सय १९ रुपैयाँ ३ पैसा तोकिएको थियो ।
यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १ सय ६० रुपैयाँ र बिक्रीदर १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।
