मकवानपुरमा डेंगु संक्रमणमा वृद्धि

मकवानपुर । पछिल्लो समय मकवानपुरमा डेंगु संक्रमण बढ्दै गएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार चालु आर्थिक वर्षको साढे आठ महिनामा २१२ जना संक्रमित भेटिएका छन् । सबैभन्दा बढी डेंगुबाट हेटौँडा उपमहानगरपालिका प्रभावित छन् ।

हेटौँडामा १६९ जना, भीमफेदी गाउँपालिकामा १७ जना, मकवानपुरगढी र मनहरी गाउँपालिकामा नौ/नौ जना, बकैयाँ गाउँपालिकामा तीन जना, बागमती गाउँपालिका र कैलाश गाउँपालिकामा दुई/दुई जना संक्रमित भएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिनुभयाे ।

उहाँका अनुसार मकवानपुर राक्सीराङ गाउँपालिकामा पनि एक जना संक्रमित भेटिएको छ । यस्तै मकवानपुरका ४८ जना स्क्रब टाइफसबाट पीडित भएका छन् । जसमध्ये हेटौँडामा मात्र २६ जना रहेको सूचना अधिकारी घिमिरेले बताउनुभयाे ।

जिल्लामा डेंगु र स्क्रब टाइफसका बिरामी बढ्दै गएपछि लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान सुरू गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *